इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट
ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्ट्टरनेट मार्फत आफ्नै
कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ब्यालेन्स हेर्ने ,स्टेटमेन्ट हेर्ने र प्रीन्ट
गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, युटिलिटी
सर्भिस ९जस्तै मोबाइलको बिल तिर्ने जस्ता कार्यहरु इन्टरनेट बैकिङबाट प्राप्त हुने
केही सुविधाहरु हुन् ।
२. नेपाल बैंकको इन्टरनेट बैंकिङमा के के सुविधा छन् ?
नेपाल बैंकको इन्टरनेट बैंकिङमा निम्न सुविधाहरु छन् ।
ब्यालेन्स हेर्ने
खातामा पाएको ब्याज छुट्टै हेर्ने
स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने
नयाँ चेक बुकको अनुरोध गर्ने
हराएको चेक रोक्काको अनुरोध गर्ने
शाखालाई ग्राहकको सन्देश दिने
यस बाहेक युटिलिटी सर्भिस सम्बन्धि सुविधा पनि छिट्टै यसमा उपलब्ध हुनेछ ।
३. नेपाल बैंक इन्टरनेट बैंकिङ सेवा लिन के गर्नु पर्छ ?
ग्राहकले सर्वप्रथम नेपाल बैंक इन्टरनेट बैंकिङ सेवाको अनुरोध गर्न तोकिएको फर्म
भर्नु पर्दछ ।
फर्म नेपाल बैंकको इन्टरनेट साइटबाट डाउनलोड गरेर अथवा सम्बन्धित शाखाबाट
प्राप्त गर्न सकिन्छ ।
फर्म भर्दा आफ्नो दस्तखत खातामा भएको सँग मिल्ने गरी राख्ने ।
इमेल ठेगाना अनिवार्य रुपमा उल्लेख गर्ने ।
फर्म भरिसकेपछि ग्राहकले आफ्नो खाता भएको सम्बन्धित शाखामा उक्त फर्म बुझाउनु
पर्दछ ।
यसपछि तल उल्लेखित नम्बर ५ र ६ मा भएको कार्यहरु गर्नु पर्दछ ।
४. इन्टरनेट बैंकिङको खाता खुलेको कसरी थाह पाउने ?
खाता खुलेपछि ग्राहकले आफुले भरेको फर्ममा उपलब्ध गराएको इमेल ठेगानामा खाता
खोलिएको सूचना पाउँछ । उक्त इमेलमा आफ्नो युजर नेम, पासवर्ड तथा संचालन सम्बन्धि
अन्य प्रकृयाहरुको बारेमा सूचना प्राप्त हुन्छ ।
५. खाता खोली सकेपछि जान्नु पर्ने कुरा के के हुन् ?
यो सेवा उपभोग गर्न निम्न प्रकृया अनुसार कार्य गर्नु पर्नेछ
इन्टरनेट बैंकिङको लिंकमा क्लिक गरेर इ-बैंकको लगिन पेजमा जाने
माथि ५ नम्बरमा उल्लेख गरिएको इमेल मार्फत प्राप्त गरेको युजर नेम र पासवर्ड
त्यहाँको फिल्डमा इमेलबाट कपी पेष्ट गरी ओके गर्ने ।
पहिलो पटक पासवर्ड दिँदा इ-बैंकको Application
ले पासवर्ड परिवर्तन गर्न माग गर्छ । यसरी नयाँ पासवर्ड राख्दा उक्त पासवर्ड नेपाल
बैंकको पासवर्ड पोलिसि अनुसार हुनु पर्दछ । (कृपया ६ नम्बर हे. )
पाँच पटक सम्म युजरले गलत पासवर्ड राखेमा युजरको खाता स्वतः लक हुन्छ । यस्तो
अवस्थामा फरी लगिन गर्न सकिदैन । यस्तो अवस्था आएमा युजरले आफ्नो शाखा मार्फत खाता
अनुलकु को अनुरोध पठाउनु पर्दछ ।
६. नेपाल बैंकको पासवर्ड पोलिसी यो सेवामा कसरी लागु हुन्छ ?
पासवर्ड नयाँ अथवा परिवर्तन गरिएको अवस्थामा निम्न कुराहरु ध्यान पुर्याउनु
पर्नेछ ।
न्युनतम ५ अक्षरको हुनुपर्ने
उक्त पासवर्ड युजर नेम सँग मेल खानु हुँदैन
पासवर्डमा अक्षर र अंक अथवा चिन्हहरुको मिश्रणरसंयोजन हुनु पर्ने जस्तै
jk@56H
पासवर्ड परिवर्तन गर्दा नयाँ पासवर्ड अघिल्लो तीनवटा पासवर्ड भन्दा भिन्न
हुनुपर्ने ।
७. आफ्नो खाता अनलक गर्न निवेदन दिँदा के के कुरा समावेश गर्ने ?
आफ्नो खाता अनलक गर्न निवेदन दिँदा निम्न कुराहरु समावेश गर्नु पर्दछ ।
पुरा नाम
युजर नेम
खाता नम्बर
८. इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्दा के के कुरामा सावधान हुनुपर्छ ?
आफ्नो युजर नेम र पासवर्ड अरु कसैलाई नभन्ने ।
सम्भव भए सम्म निजी कम्प्युटरबाट मात्र इ-बैंक सेवा उपभोग गर्ने ।
साइबर अथवा अन्य सार्वजनिक स्थानहरुको कम्प्युटरबाट यो सेवा उपभोग गर्दा पासवर्ड
चोरी हुन सक्ने सम्भावना बढी भएकोले सावधानी अपनाउने ।