 |
|
|
|
 |


 |

बैंक सेरोफेरो
बैंक इतिहास
नेपाल बैंकको उद्घाटन श्री ५ त्रिभुवनबाट वि.सं.१९९४ कार्तिक ३० गतेका दिन भएको
थियो । यसैबाट नेपालमा बैंकिङ्गको औपचारिक शुरुवात भएको थियो । त्यसबेला सम्म
सम्पूर्ण मौद्रिक कारोवारहरु निजी डिलर तथा व्यापारिक केन्द्रहरुबाट हुने
गर्दथ्यो ।
उक्त अवसरमा बोल्दै तत्कालिन प्रधानमन्त्री श्री ३ जुद्धशमसेरले श्री ५
त्रिभुवनको आज्ञाले सम्पूर्ण
देशको चाहाना अनुरुप गर्न लागिईरहेको यो कार्य मेरो लागि एकदम ठूलो अवसर हो भनेका
थिए । आजसम्म नेपालमा कुनै बैंक खोल्न सकिएको थिईएन । तर्सथ, उक्त आवश्यकता पूरा
गर्न नेपाल बैंक लिमिटेड नाममा यो बैंक स्थापना हुन लागेको तथा श्री ५ बाट उद्घाटन
हुन लागिरहेको यो क्षण अत्यन्तै आनन्द तथा खुशीको क्षण हो ।
"यस बैंकको उद्देश्य भनेको धनि गरिब सबैलाई सेवा प्रदान गर्नुका साथै राष्ट्र
निर्माणमा योगदान पुर्याउनु रहेको छ । उक्त उद्देश्य हासिल गर्न सबैबाट र्समर्थन
तथा शुभकामनाको आवश्यकता पर्ने हुनाले म त्यस प्रकारको सहयोग प्राप्त हुनेमा
विश्वस्त छु ।"
त्यस समयमा, यस औपचारिक बैंकिङ्ग नयाँ अवधारणालाई धेरै कमले मात्र बुझनुको साथै
धेरै कम मात्र यस प्रति विश्वस्त थिए । जति हकप्रद शेयर उठाउनु सजिलो थिएन त्यति नै
निक्षेप परिचालन गर्नु पनि गार्हो थियो । जसको परिणामस्वरुप, बैंकले रु. २५,००,०००
मुल्यको हकप्रद शेयर निश्कासन गरेकोमा रु. ८,४२,००० मात्र उठाउन सफल भएको थियो ।
"नेपालमा बैंक नहुनाले देशको आर्थिक समुन्नतिमा बाधा पुगिरहेको तथा जनतालाई
असुविधा परिरहेकोले मुलुकको समुन्नति तथा जनतालाई सेवा पुर्याउने उद्देश्यकासाथ यस
बैंकको स्थापना एवं संचालनको लागि यो कानून जारी गरिएको छ ।"
बैंक स्थापनाको प्रथम बर्षा कुल निक्षेप रु. १७,०२,०२५ रहेकोमा चल्ती निक्षेप करिव
रु. १२,९८,८९८ मुद्दती निक्षेप रु. ३,८८,९६४ तथा वचत निक्षेप रु. १४,१६३ रहेको थियो
। प्रथम बर्षो अन्तमा, कर्जा प्रवाह तथा वक्यौता गरि जम्मा रु. १९,८५,००० रहेको
थियो ।
नेपाल बैंक लिमिटेड स्थापना देखिनै सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीको बैंक
हो । रु. १०० परल मुल्यका २५०० हकप्रद शेयरहरु मध्ये, ४०% शेयरमा सरकारको लगानी
थियो भने बाँकी ६०% शेयर निजी क्षेत्रलाई बिक्रीको लागि छुट्टयाईएको थियो । बैंक
संचालनको शुरुमा केवल १० जना शेयरधनीहरु मात्र रहेका थिए ।
ईतिहास |
परिचय |
कार्यकारिणी |
संगठन |
संजाल
|
|
|
सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४
पूरा सम्पर्क विवरण हेर्नुहोस् ।
|
 |