Nepal Bank Limited English
नेपाल बैंक लिमिटेड



बैंक सेरोफेरो

परिचय

नेपाल बैंक लिमिटेड (नेबैंलि) नोभेम्बर १५, १९३७ (वि.सं. १९९४ कार्तिक ३०) मा स्थापना भएको हो । यसैबाट नेपालमा औपचारिक बैंकिङ्गको प्रादुर्भाव भएको थियो ।

नेपाल बैंक लिमिटेड (नेबैंलि) नै नेपालको अगुवा वित्तीय संस्था हो । हाल, बैंकमा २९७६ कर्मचारीहरुका साथ देशको ५५ जिल्लामा रहेका १०५ वटा शाखाको माध्यमवाट बैकिङ्ख सेवा संचालन भइरहेको छ ।

दृष्टिकोणः
"देशको अगुवा वित्तीय संस्थाको रुपमा रहने।"

लक्ष्य:
नेपाल बैंक लिमिटेड आफ्ना ग्राहकहरुलाई विशेष प्रकारको वित्तीय मूल्य तथा सेवा समाहित एउटा वातावरण पुर्‍याउने खोजीमा रहेको छ ।

मूल्य र मान्यता:
हामी विश्वास गर्दछौ कि नेपाल बैंक लिमिटेडमा हाम्रो बैंकिङ्ग सेवा निम्न तथ्यमा आधारित हुनुर्पर्दछ:
आदर, ग्राहकको सेवा तथा सुरक्षा,

उद्देश्य
नेपाल बैंक लिमिटेडमा उद्देश्यहरु निम्नानुसार रहेका छन् :
  • मुलुकका मुख्य/सम्पुर्ण भौगोलिक क्षेत्रहरुमा उल्लेखनिय उपस्थितिका साथ बैंकिङ्ग क्षेत्रको अगुवापनलाई कायम राख्ने ।
  • दक्ष तथा व्यवसायिक कर्मचारीहरुको माध्यमबाट सम्पुर्ण ग्राहकवर्गलाई प्रतिस्पर्धात्मक एवं ग्राहकमुखी बैंकिङ्ग सेवा उपलब्ध गराउने ।
  • राष्ट्रिय वित्तीय समुदायमा यसको नेतृत्वलाई पुर्नदाबी गर्ने ।

व्यवस्थापन समूह:
नेपाल बैंक लिमिटेडले कर्जा चुक्ता नहुने तथा नाफा आर्जन गर्न नसक्ने जस्ता कठिनाईहरुको अनुभव गर्दै आईरहेको थियो । के.पि.एम.जी.ले गरेको बैंकको र्डाईग्नोष्टिक पुनरावलोकनमा बैंकमा पूर्ण पुर्नसंरचनाको आवश्यकता रहेको बतायो । विश्व बैंकसंगको सुझाव सल्लाह तथा सहमतिमा नेपाल सरकार यस बैंकको पुर्नसंरचनाको लागि अघि बढ्यो र लाभदायिकता तर्फसुधारोन्मुख तुल्यायो । यस बैंकलाई नेपाल राष्ट्र बैंकको नियन्त्रणमा राखी The Bank of Scotland (Ireland) Ltd., ICC Consulting को सेवा बैंकको व्यवस्थापन सम्हाल्न २२ जुलाई २००२ देखि कार्यान्वयन हुने गरी दुइ वर्षो लागि करारमा लियो । त्यसपछि उक्त करार अर्को एक वर्षो लागि नविकरण गरियो र जुलाई २००७ सम्मको लागि अवधि बर्ढाईएकोेछ । कन्सल्टेन्टस्को समूहमा स्वदेशी तथा विदेशीहरुको मिश्रति सहभागिता रहेकोछ ।

पुर्नसंरचना प्रयास :
बैंकलाई पुर्नसंरचना गर्ने प्रयासका क्रममा ICC समूह बैंकलाई मुलुकको वित्तीय क्षेत्रको पहिला कै अवस्थाको अगुवा बैंकको रुपमा फर्काउन सफल भएको छ । बैंक व्यवस्थापनका प्रत्येक कार्यात्मक क्षेत्रहरु जस्तै : कर्जा, लेखा, मानवश्रोत, आन्तरिक लेखापरिक्षण र ट्रेजरीमा प्रयाप्त मात्रामा कार्याविधीहरु तयार गरि बैंकलाई आधुनिकीकरण गरिएको छ । कर्मचारीको संख्या लगभग आधामा झारी स्वेच्छिक अवकास योजना सफलतापूर्वक लागू भएको थियो । ठूलो संख्याका कर्मचारीहरुलाई बैंकिङ्गका विभिन्न विधामा तालिम दिईएको छ । ४४ वटा शाखाहरुको अनलाईन कम्प्युटर्राईजेसन लगभग समाप्त हुन लागेको छ । उल्लेख्य मात्रामा भएको खराव कर्जा असूलीबाट दिगो रुपमा बैंकको पुर्नस्थापना भईरहेको छ ।
ईतिहास | परिचय | कार्यकारिणी | संगठन | संजाल




गृहपृष्ठ | बैंक सेरोफेरो | सम्पर्क

समाचार/घटनाक्रम



कम्प्युटर संजाल


ठूलो बनाई हेर्नलाई कृपया तस्वीरमा क्लिक गर्नुहोला



सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४

पूरा सम्पर्क विवरण  हेर्नुहोस्
गृहपृष्ठ | क्षेत्रगत नक्सा | FAQs | पृष्ठपोषण | Disclaimer

अन्तिम अध्यावधिक - १८ फेबरुवरी, २००८
© २००८ नेपाल बैंक लिमिटेड - सर्वाधिकार सुरक्षित



नेपाल बैंक लिमिटेड