Nepal Bank Limited English
नेपाल बैंक लिमिटेड



निक्षेप

चल्ती खाता

नेपाल बैंकको चल्ती खाताले तपाईलाई प्रत्येक महिना नगद लिएर दौडनु पर्ने झन्झटबाट मुक्तगराउंछ । व्याज नदिईने यस खाताको चेकबुक उपलब्ध गर्राईन्छ । तपाई आफ्नो सुविधानुरुप जहिलेपनि जतिपनि रकम चेक काटेर निकाल्न सक्नुहुन्छ ।

कारोवारको विवरण
तपाईले आफ्नो कारोवारको विवरण थाहा पाउन सक्नुहोस भनि ६/६ महिनाको विवरण पर्ठाईनेछ । तपाई प्रत्येक दिन, प्रत्येक हप्ता, प्रत्येक १५ दिन तथा प्रत्येक महिनाको कारोवारको विवरणको लागि बैंक समक्ष अनुरोध पनि गर्न सक्नुहुनेछ ।

तपाईको खाता तथा चेकबुक
सम्बन्धित शाखाले निर्धारण गरेको न्यूनतम मौज्दात जम्मा गरेर तपाई चल्ती खाता खोल्न सक्नुहुन्छ । तपाईको घर नजिकको शाखामा जम्मा गर्नुहोस । तपाईले खाता खोलेपछि १० थान चेक पृष्ठ भएको एउटा चेक बुक प्राप्त गर्नुहुनेछ । त्यसरी उपलब्ध गर्राईएको चेकबुक सकिएपछि त्यसमा रहेको चल्ती चेकबुक र्फम भरेर तपाईको घर नजिकको शाखामा पेश गरेपछि हामी तपाईलाई नयाँ चेकबुक उपलब्ध गराउदछौं । यर्सथ, तपाई अहिले नै नेपाल बैंकको चल्ती खाता शुरु गरेर फाईदा उठाउन सक्नु हुन्छ ।

खाता खोल्दा,
तपाईले पेश गर्नुपर्ने कागजातहरु :

व्यक्तिगत खाता :
  • व्यक्तिगत परिचय (नागरिकता र दुइ प्रति फोटो)
  • इच्र्छाईएको व्यक्तिको घोषण

प्रोप्राईटरसीप खाता :
  • सोल प्रोप्राईटरसीपको घोषण
  • दर्ता प्रमाणपत्रको प्रतिलिपि

साझेदारी खाता :
  • सबै साझेदारहरुद्धारा हस्ताक्षरित साझेदारी पत्र
  • साझेदारी सम्झौताको प्रतिलिपि
  • साझेदारी दर्ताको प्रमाणित प्रतिलिपि

संस्थागत निकायहरुको खाता :
  • कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपि
  • खाता खोल्न तथा संचालनार्थ संचालक समितिले गरेको निर्णयको प्रतिलिपि
  • घरठेगाना र फोन नं.सहित संचालकहरुले हस्ताक्षर गरेको संचालकहरुको नामावली प्रतिलिपि
  • व्यवसाय थालनी गरेको प्रमाणपत्रको प्रति

क्लब, सोर्साईटी तथा संगठनहरुको खाता (च्यारिटीद्धारा सबै कागजात प्रमाणित हुनुपर्ने) :
  • कार्यालय संचालकहरुको नामावली
  • विनियमावलीको प्रतिलिपि
  • खाता खोल्न तथा संचालन गर्न गरिएको निर्णयको प्रतिलिपि
  • खाता संचालन गर्न अधिकार प्राप्त व्यक्तिहरुको नाम तथा हस्ताक्षर
  • दर्ता प्रमाणपत्रको प्रतिलिपि



चल्ती खाता | वचत खाता | मुद्दती खाता | अन्य खाताहरु




गृहपृष्ठ | बैंक सेरोफेरो | सम्पर्क

समाचार/घटनाक्रम



कम्प्युटर संजाल


ठूलो बनाई हेर्नलाई कृपया तस्वीरमा क्लिक गर्नुहोला



सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४

पूरा सम्पर्क विवरण  हेर्नुहोस्
गृहपृष्ठ | क्षेत्रगत नक्सा | FAQs | पृष्ठपोषण | Disclaimer

अन्तिम अध्यावधिक - १८ फेबरुवरी, २००८
© २००८ नेपाल बैंक लिमिटेड - सर्वाधिकार सुरक्षित



नेपाल बैंक लिमिटेड