Nepal Bank Limited English
नेपाल बैंक लिमिटेड



निक्षेप

वचत खाता

नेपाल बैंकमा रहेको वचत खाताको मासिक न्यूनतम मौज्दातमा अर्ध वाषिर्करुपमा व्याज गणना गरी वचत खातामा जम्मा गरिन्छ । तपाईको दैनिक जीवन सहज तथा सरल बनाउन सहयोग पुर्‍याउने गरी तयार गरिएका नेपाल बैंकका उत्पादन एवं सेवाहरुको लागि यो तपाईको राहदानी जस्तै हो । शुरु निक्षेपको दायरा शाखा तथा त्यसको तहमा भर पर्दछ । न्यूनतम मौज्दात भन्दा कम मौज्दात भएका खाताहरुमा बैंकले समय समयमा तोके बमोजिम शुल्कहरु लाग्ने गर्दछ ।

कारोवार अभिलेख
तपाईले खाता खोलेपछि तपाईको कारोवार तथा वचतको हिसाव राख्न पासबुक पाउनुहुनेछ । तपाईले हाम्रा शाखामा रहेका हाम्रा बैंक कर्मचारीद्धारा तपाईको पासबुक अद्यावधिक गराउनु पर्दछ ।

खाता खोल्दा
तपाईले निम्नानुसारका कागजातहरु पेश गर्नु पर्दछ :

व्यक्तिगत खाता :
  • व्यक्तिगत परिचय खुल्ने कागजात (नागरिकता र दुइ प्रति फोटो)
  • इच्र्छाईएको व्यक्तिको नाम


प्रोप्राराईटरसीप खाता :
  • सोल प्रोप्राराईटरसीप घोषणाको कागजात
  • दर्ता प्रमाणपत्रको छविचित्र (फोटोकपी)

साझेदारी खाता :
  • सबै साझेदारहरुले हस्ताक्षर गरेको साझेदारी पत्र
  • साझेदारी सहमतिको छविचित्र (फोटोकपी)
  • साझेदारी दर्ताको प्रमाणित छविचित्र (फोटोकपी)

संस्थागत निकायको खाता :
  • कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको छविचित्र (फोटोकपी)
  • संचालक समितिको खाता खोल्ने तथा संचालन गर्ने सम्बन्धि निर्णयको छविचित्र (फोटोकपी)
  • संचालकहरुको घरठेगाना तथा फोन नं. सहित हस्ताक्षरित विवरणको छविचित्र (फोटोकपी)
  • व्यवसाय थालनी गरेको प्रमाणपत्रको छविचित्र (फोटोकपी)

क्लब, सोर्साईटी तथा एसोसियटस्को खाता (सम्पुर्ण कागजातहरु च्यारिटीबाट प्रमाणित भएको हुनुपर्ने ) :
  • कार्यालय संचालकहरुको सूची
  • विनियमावलीको प्रतिलिपि
  • खाता खोल्न तथा संचालनको लागि गरिएको निर्णयको प्रतिलिपि
  • खाता संचालन गर्न अधिकार प्राप्त व्यक्तिहरुको नाम तथा हस्ताक्षर
  • दर्ता प्रमाणपत्रको प्रति



चल्ती खाता | वचत खाता | मुद्दती खाता | अन्य खाताहरु




गृहपृष्ठ | बैंक सेरोफेरो | सम्पर्क

समाचार/घटनाक्रम



कम्प्युटर संजाल


ठूलो बनाई हेर्नलाई कृपया तस्वीरमा क्लिक गर्नुहोला



सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४

पूरा सम्पर्क विवरण  हेर्नुहोस्
गृहपृष्ठ | क्षेत्रगत नक्सा | FAQs | पृष्ठपोषण | Disclaimer

अन्तिम अध्यावधिक - १८ फेबरुवरी, २००८
© २००८ नेपाल बैंक लिमिटेड - सर्वाधिकार सुरक्षित



नेपाल बैंक लिमिटेड