 |
|
|
|
 |


 |

नेपाल बैंक लिमिटेड विप्रेषण
नेपालको सबैभन्दा पुरानो, ठूलो तथा विश्वसनिय नेपाल बैंक लिमिटेडको मुलुकभित्र
शाखाहरुको सबैभन्दा ठूलो संजाल रहनुका साथै विश्वभरका विभिन्न एजेन्सीहरुसंग
सम्बन्ध तथा सर्म्पर्कको ठूलो सञ्जाल पनि रहेको छ । यस बैंकको माध्यमद्धारा
विदेशबाट नेपालमा, नेपालबाट विदेशमा तथा नेपाल भित्र गरिने विप्रेषण सेवा तोकेको
समयमा न्यूनतम सेवाशुल्कमा सबैभन्दा भरपर्दो सेवा रहेको छ ।
क) आन्तरिक विप्रेषण (नेपालमा पैसा प्राप्त गर्ने)
- स्वीफ्ट : यस सिस्टमको माध्यमबाट
विप्रेषक विश्वको कुनै पनि भागबाट
नेपालमा सजिलै, सुरक्षित तथा छिटो भन्दा छिटो रकम
विप्रेषित वा रकमान्तर गर्न
सक्दछ । विप्रेषकले नेपाल बैंकको स्वीफ्ट परिचय
NEBLNPKA
तथा पाउनेको विस्तृत विवरण उल्लेख गरी नेपाल बैंकको माध्यमबाट नेपालमा रकम पठाउन सक्दछ
। यस बैंकको सबैभन्दा धेरै शाखाहरुको सञ्जालले दक्षतापूर्वक एवं न्युनतम शुल्कमा
तपाईको आवश्यकता अनुसारको सेवा प्रलान गर्दछ ।
- टि.टि. तथा मेल ट्रान्सफर : हामीले टेस्टड टेल्रिग्राफको माध्यमबाट
पर्ठाईएको रकम प्राप्त गर्नको लागि वित्तीय क्षेत्रका मुख्य बैंकहरु तथा छिमेकी
मुलुकका बैंकहरुसंग पनि व्यवस्था मिलाएका छौ । हामी मुख्य बैंकहरुको मेल
ट्रान्सफरलाई पनि स्वीकार गर्दछौ ।
- ड्राफ्ट : हामी विभिन्न बैंकहरुले हामी उपर उल्लेखित प्रमुख विदेशी मुद्रा
जस्तै : अमेरिकी डलर, यूरो, पाउण्ड स्र्टर्लिङ्गमा खिचिएका ड्राफ्टहरु पनि स्वीकार
गर्दछौं ।
- खाडी मुलुकबाट हुने विप्रेषण : नेपालीले कडा परिश्रम गरेर कमाएको पैसा
नेपालमा रहेका घरपरिवारले सजिलै प्राप्त गर्न सकून् भनेर यस बैंकले धेरैजसो
नेपालीहरु काम गरिरहेका खाडी मुलुकका बैंक, वित्तीय संस्था एवं विनिमय गृहहरुसंग
विशेष सम्बन्ध स्थापना गरि ति मुलुकमा रहने नेपालीहरुको पैसा नेपालमा
विप्रेषण
गर्ने व्यवस्था मिलाएको छ ।
- वेर्स्र्टन युनियन मनि ट्रान्सफर सेवा :हाम्रो बैंकले यस रकमान्तर गर्ने
संस्था संग गरेको व्यवस्था अनुरुप नेपालमा रहेका बेनेफिसियरीले कुनै पनि खाताको
मद्दत नलिईकन चाँडै नै हुलास रेमिटान्सको माध्यमबाट रकम प्राप्त गर्न सक्दछन ।
- भारतबाट हुने विप्रेषण : हामीले भारतका धेरै बैंकहरुसंग गरेको व्यवस्था
अनुरुप भारतमा रहेको व्रि्रेषकले स्वीफ्ट, टि.टि., मेल ट्रान्सफर, ड्राफ्ट जस्ता
माध्यमबाट नेपालमा रकम पठाउन सक्दछ ।
नेपाल बैंकको माध्यमबाट नेपालमा भित्रिने सबै विप्रेषण छिटो, भरपर्दो तथा सस्तो
हुन्छ किनकी नेपाल बैंक लिमिटेडको देशका महत्वपूर्ण स्थानहरुमा शाखाको सञ्जाल रहेको
कारणले बेनेफिसियरीले नेपालको जुनसुकै स्थानबाट पनि अन्य बैंकको सहयोग बिना नै रकम
प्राप्त गर्न सक्दछ ।
ख) वाहृय विप्रेषण :
- स्वीफ्ट : यस सिस्टमको माध्यमबाट हामी ग्राहकको आवश्यकाता अनुसार विश्वका
कुनैपनि स्थानमा तोकिएको प्रमुख विदेशी मुद्रामा रकम पठाउने उचित प्रबन्ध गरेका छौं
।
- ड्राफ्ट : नेपाली व्यक्ति तथा संस्थाले जुनसुकै कारणले रकम पठाउनु पर्ने
विश्वका धेरै देशहरुका सम्बद्ध बैंकहरुसंग हामीले ड्राफ्ट खिच्ने व्यवस्था मिलाएका
छौ ।
- टि.टी. तथा मेल ट्रान्सफर : अन्तरराष्ट्रिय बैंकिङ्ग सम्बन्धको कारणले गर्दा
यस माध्यमबाट हामी बाहृय विप्रेषण व्यवसाय संचालन गर्न सक्दछौं ।
- भारतमा हुने विप्रेषण : हामी व्यवसायिक व्यक्ति तथा समुदायहरुको भारतिय
रुपैयालाई भारतमा पठाउने आवश्यकतालाई थोरै कमिसनमा पूरा गरिदिन्छौं ।
सुविधाहरु
हामी नेपालमा रहेका तपाईले चाहेका व्यक्तिहरुलाई रकम पठाउन राम्रो विप्रेषण
सुविधा प्रदान गर्दछौं । तपाईले रकम पठाउनु पर्ने ठाउँ तथा कति समयभित्र रकमान्तर
होस् भन्ने तपाईलाई लाग्दछ त्यसैका आधारमा तपाई हाम्रो सेवा लिन सक्नु हुन्छ । तपाई
हाम्रा सम्बद्ध बैंकहरुको माध्यमबाट रकम पठाउन टेल्रि्राफिक ट्रान्सफर पनि गर्न
सक्नुहुन्छ । हामी तपाईलाई पैसा पठाउने धेरै छिटो तथा भरपर्दौ सुविधा स्वीफ्ट सेवा
पनि प्रदान गर्दछौं ।
नेपालमा स्वीफ्ट विप्रेषणको लागि अत्यावश्यक विवरणहरु (कुनै पनि देश/बैंकबाट)
नेपालमा रकम पठाउन नेपाल बैंकको स्वीफ्ट कोड :
NEBLNPKA
| संस्थासंगको खाता : |
कृपया बेनेफिसियरीले खाता खोलेको बैंक, शाखा तथा त्यसको
पूरा हुलाक ठेगाना दिनुहोला । |
| पैसा पाउने ग्राहक : |
कृपया रकम पाउनेको खाता नं., नाम, ठेगाना र फोन/फ्याक्स
नं. (भएमा) दिनुहोला । |
|
|
|
सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४
पूरा सम्पर्क विवरण हेर्नुहोस् ।
|
 |