Nepal Bank Limited English
नेपाल बैंक लिमिटेड



एस एम एस बैंकिङ

नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको लागि मोबाइल प्रविधिमा आधारित SMS  बैंकिङ सेवा शुरु गरेको छ । यो सेवा बैंकको ४४ वटा कम्प्युटराइज भएका शाखाहरुमा उपलब्ध छ । यो सेवा अन्तर्गत ग्राहकहरुले नम्बर १९९४ मा SMS पठाएर सजिलैसँग आफ्नो खाता सम्बन्धि सूचना पाउन सक्नेछन् । नेपाल बैंक SMS सेवाको केही मुख्य आकर्षणहरु निम्नानुसार छन् ।

  • सुरक्षित तथा भरपर्दो सेवा
  • तत्काल ब्यालेन्स थाह पाउन सकिने
  • अन्तिम तीन कारोबारको बारेमा थाह पाउन सकिने
  • पीन कोड बदल्न सकिने
  • विदेशी मुद्राको सटहि दर थाह पाउन सकिने
  • खाता रोक्का गर्न सकिने
  • चेक बुकको लागि अनुरोध पठाउन सकिने
  • स्टेटमेन्ट प्रिन्टको लागि अनुरोध पठाउन सकिने

यस बाहेक SMS बैंकिङको नेटवर्कमा आबद्ध ग्राहकहरुलाई अन्य सेवाहरु पनि उपलब्ध गराइएको छ जस्तै बैंकको नयाँ योजना तथा कार्यक्रम, कर्जा सम्बन्धि सूचना, पैसा झिकिएको सूचना ९ग्राहकको अनुरोधमा० आदि । नेपाल बैंक SMS सेवामा आबद्ध हुनको लागि आफ्नो नजिकको नेपाल बैंक शाखामा सम्पर्क राख्नुहोला । NBL SMS द्यबलपष्लन को Application Form इन्टरनेटको Application Form को लिंकमा राखिएको छ । कृपया डाउनलोड गर्नुहोला ।



सम्पर्क
नेपाल बैंक लिमिटेड
धर्मपथ, काठमाण्डौं
प्रधान कार्यालय
फोन: +९७७ १ ४२४७९९९
फ्याक्स: +९७७ १ ४२२०४१४

पूरा सम्पर्क विवरण  हेर्नुहोस्
गृहपृष्ठ | क्षेत्रगत नक्सा | FAQs | पृष्ठपोषण | Disclaimer

अन्तिम अध्यावधिक - १८ फेबरुवरी, २००८
© २००८ नेपाल बैंक लिमिटेड - सर्वाधिकार सुरक्षित



नेपाल बैंक लिमिटेड